बिबेक भण्डारी ।
नवलपुरमा शनिवार नेपालि काग्रेसको मित्र मिलन कार्यक्रम गरिएको छ । विपि अध्ययन प्रतिष्ठानको अयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । मित्र मिलन कार्यक्रममा गण्डकी प्रदेश कांग्रेसका महामन्त्री विष्णुप्रसाद लामिछानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश महामन्त्री लामिछानेले कांग्रेस अब हुने जिल्ला अधिवेनलाई सर्वसम्मतको प्रयासमा लाने बताउनुभयो । आफ्नो दायित्व सर्वसम्मत गराउने भएको भएको भन्दै जिल्लाको अधिशवेनलाई सर्वसम्मत तरिकाले सम्पन्न गराउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य महेन्द्र ध्वज जिसीको पनि विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै जिसीले पार्टि भित्र गुट,प्यानल जे भने पनि हामि आफै सहमतिमा नआउदा यो समस्या झेल्न परेको बताउनुभयो । “एउटा पद छ पाचँजनाको उम्मेदवारी छ , के गर्ने ?, त्यसैले पार्टिमा चुनावको अवस्था सृजना भएको हो । ” जिसीले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा प्रमुख सचेतक एव महाधिवेशन प्रतिनिधि ओमकला गौतमको विशेष आतिथ्यता रहेको थियो । उहाँले पार्टिमा आपसि मनमुटाव नराखी पार्टिलाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।
विपि अध्ययन प्रतिष्ठानकी उपसभापति लक्ष्मी वस्ताकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले पार्टिलाई दुर्घटना हुनबाट जोगाउन हामि आफुमा मितव्ययीता हुन जरुरी रहेको बताउनुभयो । विपि अध्ययन प्रतिष्ठान नवलपुरका अध्यक्ष गणेश सापकोटाको अध्यक्ष्तामा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष सापकोटाले नेपाली कांग्रेसलाई बलियो र पार्टिको आस्थाबारे जानकारी गराउन कार्यक्रमले सहयोग गर्ने गत वर्ष र यो वर्ष कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले अब कांग्रस वडा,नगर,प्रदेश र केन्द्रमा बलियो भएर जानुपर्ने बताउनुभयो । प्रतिष्ठानका सचिव वेदप्रसाद न्यौपानेले कार्यक्रम संञ्चालन गनुभएको थियो । सोही कार्यक्रममा देवचुली नगर भित्रका विभिन्न वडाबाट १ सय ७७ जना कांग्रसमा प्रवेश गरेका थिए । कांग्रस नगर सभापति डिल्लीराम कडरीयाले दिएको जानकारी अनुसार एमाले,माओवादी लगायतका पार्टि परित्याग गरि कांग्रसमा आएको जानकारी गराउनुभयो ।