नवलपुर ।
किशोरीहरुले महिनावारीका समयमा प्रयोग गर्ने प्याड बजारबाट नल्याई आफै बनाउन सक्ने बताएका छन । अहिले जिल्लाका किशोरीहरुले प्याड आफै बनाउने अभियानमा छन । उनिहरु आफै प्याड कसरी बनाउन सकिन्छ भन्दै तालिममा सहभागि छन । महिलाहरुका लागि महिनावारीका समयमा अत्यावस्यक रहेको प्याड बजारमा मुल्य बृद्धि हुदै जादाँ आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई यो खरिद गर्न समस्या हुने गरेको किशोरीहरुको बुझाइ छ ।
फलस्वरुप किशोरीहरु प्याड बनाउने तालिम लिने र उनिहरुले गाउँमा गएर अन्यलाई पनि घरमै प्याड बनाउने तरिका सिकाइ बजारबाट गरिद गरि नभइ आफै तयार बनाउन सकिने बताएका छन । कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत साथी शिक्षक किशोरीहरुले आफूले सिकेर अहिले आफूले पढ्ने विद्यालय र समुदायका अन्य व्यक्तिको लागि महिनवारी सरसफाई र प्याड निर्माणको अभियान सुरु गरेका छन् । जनता माविमा ३५ जना बालिकाहरूलाई महिनावारी सरसफाई तथा घरेलु प्याड तयार कसरी गर्ने बारे जानकारी समेत दिएका छन ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत ३५ जना किशोरीलाई साथी शिक्षकको रूपमा तालिम दिदै आएको छ । उनीहरू मार्फत कावासोती नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताउनुभयो ।