नागेश्वर शिवालय मन्दिर समिति अध्यक्षमा चिरन्जीवि पौडेल

शिक्षा

बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर २ सुन्दवस्ती टोलको नागेश्वर शिवालय मन्दिरको समितिले पुर्णता पाएको छ । शनिवार वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

समितिमा चिरन्जीवि पौडेल अध्यक्ष,ज्वतीप्रकाश अधिकारी उपाध्यक्ष, सविता अधिकारी कोषाध्यक्ष सहित सदस्यहरुमा अमृत अधिकारी,सुकुमाया विक,डोलराज सुनार,पुनराम भट्राइ,टेकप्रसाद आचार्य र लक्ष्मीमाया घिमीरे चयन गरिएको कार्यक्रममा सभापति सुन्दरवस्ती टोल सुधार समितिका अध्यक्ष विनोद सिलवालले जानकारी गराउनुभयो ।

नागेश्वर मन्दिर समितिका संरक्षक भेषराज न्यौपानेले उक्त मन्दिर व्यवस्थापनका लागि वडाका सबै टोलबाट सदस्य रहने गरि अघि बढ्ने जानकारी दिनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर