बिबेक भण्डारी ।
यहि फागुन १६ देखी २८ गते सम्म आयोजना हुने तेस्रो देवचुली महोत्सवको तयारी सकिएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा सोमवार देखी सुरु हुने महोत्सवको तयारी सकिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सोमवार झाँकी,बाजागाजा, शोभा यात्रा सहित महोत्सव उद्घाट गरिने आयोजक उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष रेशम सापकोटाले जानकारी गराउनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार देवचुली नगर भित्र रहेका व्यवशायि र यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुहरुलाई प्रबद्धन गर्न महोत्सव आयोजना गरिएको जानकारी गराउनुभयो । नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सव परिसर भित्र १ सय व्यवशायिक स्टल र २० वटा कृषि तथा प्रबद्धनात्म स्टल रहने जनाइएको छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती देखाउने छन ।
महोत्सवमा नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजना रहने छ । महोत्सव प्रगतिनगर स्थीत पावरहाउस पछाडी लाग्ने छ ।