गैँडाकोट ।
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित युवती नवलपुर आएकी छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफन्तसहित आएर युवतीले किटानी जाहेरी दिएकी हुन् ।
दिउसो २ वजे किटानी जाहेरी लिएर युवती कार्यालय आएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले बताइन् ।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।
‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
onlinekhabar