नवलपुर र चितवनका पानी उद्योगीले ३५ लाख लागतमा निर्माण गरे अत्याधुनिक ल्याव

शिक्षा

प्रकाश सिग्देल

चितवन नवलपुरका पानी उद्योगले संयुक्त रुपमा नारायणगढमा पानी परिक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका छन् । उनिहरुले पानीको गुणस्तर कायम गरि पुर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुचमा पुर्याउन अत्याधुनिक माईक्रो वायोलोजि ल्याव खडा गरेका हुन् । माईक्रो वायोलाजिस्ट राखेर प्रयोगशाला संचालन भएको छ । चितवन र नवलपुरका २६ वटा पानी उद्योगीले ३५ लाख लागतमा सि एन वाटर टेस्टिगं एण्ड एनालाईसेस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् । चितवन र नवलपुरमा २६ वटा पानी उद्योग रहेका छन् त्यो मध्य २३ ले बोतल र जार दुबै उत्पादन गर्ने गरेका छन् भने ३ वटाले जारमात्रै उत्पादन गर्ने गरेका छन् ।प्रयोगशालामा हप्ताको १ दिन उद्योगले अनिवार्य पानी परिक्षणका लागी ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको सुमन मिनरल वाटर उद्योगका संचालक सोम प्रसाद काप्रीले बताए ।

उनको उद्योगले आक्वा,पियुष, रुचाङ्गं एण्भेन्चर, लगाएतका धेरै ब्राण्डका पानी बजारमा पठाउँने गरेको छ । उद्योगीले ल्याव संचालनको लागि मासिक १० हजार रुपैया संकलन समेत गर्ने गरेको उनले जानकारी दिएआफुुहरुले यस अघि काठमाडौंको ऋ–mबत धबतभच तभकतष्लन बलम बलबथिकष्क बिद र नेपाल खानेपानी संस्थानको क्षेत्रीय पानी प्रयोगशालामा पानी परिक्षणका लागि पठाउने गरेको र त्यो झण्झट भएपछि सबै मिलेर चितवनमा प्रयोगशाला राखेको उनको भनाई छ ।चितवन र नवलपुरमा अहिले दैनिक १८ सय जार र ४ हजार काटुन पानी प्रतिदिन बिक्री हुने गरेको काप्रीले बताए । गर्मीमा केही बढ्ने गरेपनि उत्पादनका आधारमा बजारमा माग धेरै कम रहेको उनले बताए ।
ल्यावका अध्यक्ष केशव घिमिरेले उपभोक्ता लाई क्वालिटिको पानी खुवाउने उदेश्यका साथ ल्याव स्थापना गरिएको बताए । हरेक हप्ता पानी परिक्षण हुने र परिक्षणका क्रममा समस्या देखिए तुरुन्तै उत्पादित पानीको बिक्री रोकेर समस्या समाधान गर्न उद्योगमा अप्राविधिक पठाउने र पुन पानी परिक्षण गरेर समस्या नभएपछी मात्रै बजारमा पठाउने उनले जानकारी दिए ।

अहिले आफुहरुले पुर्ण रुपमा शुद्ध पानी ग्यारेन्टी सहीत बजारमा पठाउन सकेको घिमिरेले बताए ।दुध र पोल्ट्रि उद्योगी तथा अन्य उद्योगीका लागि पनि यो प्रयोगशाला प्रभाबकारी हुने भएकाले त्यसका लागि पनि त्यस्ता उद्योगीहरुले चाहेमा आफुहरु समन्वय गर्न तयार रहेको उनी बताउँछन् ।

प्रयोगशालाका माईक्रो वायोलोजिस्ट सन्दिप सापकोटाले नेपाल सरकार खाध्य प्रविधी तथा गुण नियन्त्रण विभागको ल्यावको मापदण्डलाई आधार मानेर पानीको परिक्षण गर्ने गरेको बताए । सरकारले पानीको निर्देशिका जारी गरी अनिवार्य ल्याव राख्नु पर्ने प्राबधान बनाएको छ । चितवन र नवलपरका व्यवसायी मिलेर चितवनमा निर्माण गरेको ल्याव निकै स्तरीय भएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए । यो ल्याव बनेपछि चितवन र नवलपुरका २६ उद्योगमा उत्पादीत पानीको शुद्धतामा शंका गर्ने अवस्था नभएको उनी बताउँछन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर