तेस्रो देवचुली महोत्सव: गायक राजु परियार आउने

शिक्षा

देवचुली, 
तेस्रो देवचुली महोत्सवमा मंगलबार रास्ट्रीय लोक दोहोरि गायक राजु परियार आउने भएका छन्। सोमबार देखि सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।

राजु परियार संगै बाल गायिका कमला घिमिरे , भ्वाइस अफ नेपाल सिजन ३ का कर्णराज गिरि , द अण्डर ग्राउण्ड चितवन डान्स ग्रुपको प्रस्तुति संगै दिपक खड्का र अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने महोत्सव सांस्कृतिक संयोजक सत्य नारायण भुसालले बताएका छन्।

भुसालका अनुसार महोत्सव अवधिभर प्रकाश सपुत , ज्योति मगर , कृष्ण कंडेल सहितको इन्द्रेणी समूह , छेवाङ लामा , रबि रिमाल , रचना रिमाल , एलिना चौहान , र्‍यापर भिटेन , मिस्टर डि , सरकार , रमेशराज भट्टराई , स्वप्न सुमन , जादुगर माहादेव त्रिपाठी , हास्य कलाकार सन्दिप छेत्री लगायतका कलाकारहरु आउने छन्।

देवचुली उद्योग वाणिज्य संघको आयोजना सँगै नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजनामा तेस्रो देवचुली महोत्सव आज देखि सुरु भएको छ। महोत्सव देवचुली १० प्रगतिनगर पावर हाउस पछाडि भइरहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर