मिना कंडेल नवलपुर
नेपाल पत्रकार महासंघ नवलपुरले बुधवारबार तेस्रो स्थापना दिवस खाद्यान्न वितरण गरि मनाएको छ । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा कावासोती ८ मा रहेको मौलाकालीका अपाड.ग सेवा संस्थामा खाद्यान्न वितरण गरि मनाएको हो ।स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहने बताउनुभयो । साथै उहाँले पत्रकार महासंघ सवैको साझा संगठन भएकाले सवै पत्रकारको महासंघमा अपनत्व हुने गरि कार्य गर्दै जाने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रमेश बस्ताकोटिले स्थापना दिवसको दिन अपाड. सेव संस्थामा खाद्यान्न वितरण कार्यक्रमले समाजमा सकरात्मक कार्यको थालनी भएको बताउनु भयो । पत्रकार महासंघ सवैको छाता संगठन भएकाले पत्रकारको हक हितका लागि सधै लाग्नु पर्नैमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नविन पौडेलले रचनात्मक र क्षमता अभिवृद्धिमा पत्रकार महासंघले कार्य गर्द आएको हुनाले आगामि दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । यस अघि महासघ नवलपुर शाखाले लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि दोस्रो स्थापना दिवस मनाएको थियो । कार्यक्रमको नेपाल पत्रकार महासंघका सचिव विष्णु गौडेलले सहजिकरण गर्नु भएको थियो ।