जनप्रतिनिधिका पाँच वर्ष : मुख्य एजेण्डा “सुकुम्बासी समस्या” जस्ताको त्यस्तै

शिक्षा

बिबेक भण्डारी ।
देवचुली वडा नम्बर ४ का स्थानियहरुले पाँच वर्ष अघि गाउँकै चौतारामा जनप्रतिनिधि उठ्न सुनाएकोे एजेण्डा अझै भूलेका छैनन् । चुनावमा होमिए पछि मत माग्न गाउँ पसेका सबै दलका उम्वेदवारले मुख्य एजेण्डाको विषय बनाएर चुनाव जितेको पाँच वर्ष पुग्यो तर मुख्य एजेण्डा बनाएर चुनाव जितेका जनप्रतिनिधिले नै एजेण्डाको मुख्य विषय पुरा गर्न सकेनन् । चुनावका लागि एजेण्डाको प्राथमीकतामा सुकुम्बासी समस्या अन्त्य र हातहातमा लाल पुर्जा भन्दै आश्वासन बाढेको त्यहाका स्थानियहरु अझै सम्झन्छन । सुकुम्बासी समस्या अन्त्य गर्छु भन्दै नारा लगाएका जनप्रतिनिधिले चुनाव जित्दा औधी हर्षित तिनै स्थानीय भएका थिए । तर आज त्यहि एजेण्डा बोकेका, चुनाव जितेका जनप्रतिनिधिको पाँच वर्ष सकिन लाग्दा समेत सकुम्बासी समस्या समाधान हुन सकेन । नवलपुर जिल्लाको देवचुली नगरपालिका चार बस्ने कुलबहादुर श्रीस मगरले जग्गा जोतभोग गरेको पचपन्न वर्ष भयो ।

आफु जन्मेदेखी हाल सम्म उक्त जमिनमा जोतभोग गरे पनि मगरले आफ्नो जमिनका रुपमा लिन पाएका छैनन् । कारण हो उनी बसेको जमिनको पुर्जा नै छैन । देवचुली नगरपालिकाको शान्ति गैरा र झाक्रेमा बसोबास गर्ने अधिशको पुर्जा छैन । सामुदायिक वन क्षेत्र भित्र बसेका कारण वनले पुर्जा वितरणमा रोक लगाए पछि उक्त बस्तीका पचहत्तर प्रतिशत जग्गा तथा घर पुर्जा विहिन बनेका छन । २०३६ साल देखि वस्ती विकास हुदै गएको उक्त क्षेत्रमा हाल सम्म पनि आफ्नो जमिनका रुपमा स्थानियहरुले लिन पाएका छैनन् । स्थानिय कुलबहादुर श्रीस मगरका अनुसार २०४९को वन एन बने पछि वनलाई सामुदायिक वनका रुपमा लैजाने निति संगै उक्त क्षेत्रमा बसोबास गरेर बस्तीलाई पनि सामुदायिक वन क्षेत्रमै गाभिए पछि आफुहरु पुर्जा विहिन भएर बस्नु परेको बताउछन ।


पचास साठी वर्ष अघि देखि जमिनको जोतभोग गरेकाहरुले हाल सम्म पुर्जा नपाउदाँ पिडित बनेको स्थानियहरु बताउछन । आफुहरु सामुदायिक वन संरक्षण संगै जमिनको जोतभोग गरे पनि वर्षौ सम्म पुर्जा नपाएको र आफ्नै जमिनलाई पनि आफ्नो भन्न सक्ने अवस्था नआएको स्थानिय ललितबहादुर थापा बताउछन । उनका अनुसार बस्तीलाई वन क्षेत्र बनाउदा विकासका कामहरु पछि परेको र स्थानियहरुले विकासको अनुभुति नै गर्न नसकेको उनि बताउछन ।


स्थानियतहको चुनाबमा राजनितिदलको मुख्य एजेण्डामा समावेस गरिएको सुकुम्बासी समस्यालाई जनप्रनिधिहरुले पुरा गर्न सकेनन् । जनतालाई चौतारामा राखेर आफ्नो एजेण्डा सुनाएका जनप्रतिनिधिहरुले बिर्सीए पनि जनताले भने स्मरणमा राखी रहेका छन । बैशाख २८ मा स्थानियतहको चुनाव मिति तय गरे संगै अहिले चुनावमा को जाने र पार्टीले कस्लाई टिकट दिन्छ भन्ने आन्तररिक गृहकार्य सुरु भइ सकेको छ । यता जनताहरु प्नि सक्रिय भइ सकेका छन । पाँच वर्ष अघि दिएका एजेण्डाको पाना पल्टाउदै मुल्याकन गरि रहेका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर