काँग्रेस नवलपुर सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन

शिक्षा

नवलपुर ।

नेपाली काँग्रेस नवलपुरको जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका छन् ।

पटक पटकको छलफलपछि सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अर्का दावेदारी वर्तमान सचिव बालकृष्ण घिमिरेले समेत सो पदमा दावी गर्दा छलफल लम्बिएको थियो ।

अन्तत सर्वसम्मत सभापति चयन गरिएपछि अन्य पदमा पनि सोही अनुसारको पहल भइरहेको काँग्रेस नवलपुरले जनाएको छ।

सर्वसम्मत गराउने प्रयास जारी रहदा मतपत्र छाप्न समेत ढिलाई भइरहेको छ ।

सर्वसम्मत नभएका पदमा भोलि मतदान गराइने निर्वाचन समितिका संयोजक गोविन्द सिग्देलले जानकारीदिए । उनले भने,“अन्य पदमा पनि सर्वसम्मतका लागि छलफल जारी छ । उक्त छलफल सकिनासाथ मतपत्र छपाएर भोलि चुनाव हुन्छ । ”

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर