बिबेक भण्डारी ।
देवचुली माध्यमिक विद्यालयले स्वर्णमहोत्सव विविध कार्यक्रम आयोजना गरि मनाइ रहेको छ । शुक्रवार विद्यालयले छात्राहरु विच फुटवल र क्रिकेट प्रतियोगीता आयोजना गरेको छ ।
छात्र मात्र हैन छात्रा पनि फुटवल र क्रिकेटमा अग्रसर हुन सक्छन भन्दै विद्यालयले आफ्नो स्वर्ण महोत्सवको अवसरमा उक्त प्रतियोगीता आयोजना गरेको विद्यालयका प्र.अ नारायण भण्डारीले जानकारी गराउनुभयो । उहाँका अनुसार विद्यालयले छात्र र छात्रालाई हरेक क्षेत्रमा अब्बल होस भन्ने मुख्य उद्देश्य राखेको हुदा छात्राहरु बिच पनि क्रिकेट र फुटवल आयोजना गरेको जानकारी गराउनुभयो ।
प्रतियोगिताको बारेमा जानकारी गराउदै खेलकुद संयोजक राजु केसीले गृन हाउस र रेड हाउसको संयुक्त टोलील फुटवल र क्रिकेट प्रतियोगीता जितेको संयोजक केसीले जानकारी गराउनुभयो । यस्तै शनिवार दौड प्रतियोगिता समेत रहेको संयोजक केसीले बताए ।