जनताको सुविधाका लागि योजना ल्याएका छौ : मन्त्री हरिशरण आचार्य

शिक्षा

बिबेक भण्डारी ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले अब गण्डकी प्रदेशका जनताले खानेपानीका लागि दुख झेल्नुपर्ने समस्याको अन्त्य भएको बताउनुभयो ।

आज देवचुली नगरपालिका १,५को दिव्यपुरी खानेपानीको कार्यक्रममा बोल्दै मन्त्री आचार्यले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेश सरकारले जनताका लागि विभिन्न योजनाहरु ल्याएको सो योजना कार्यन्वन हुदै जादाँ जनताका समस्या पनि हल हुने बताउनुभयो । “जनतासँग मन्त्री : समस्या समाधानका लागि मन्त्रालय कार्यक्रम ल्याएका छौ , अब जनताका समस्या मन्त्रालयमा हैन मन्त्री जनताको समस्या बुझ्न घरघरमा जाने छन” मन्त्री अचार्यले भन्नुभयो ।

दिव्यपुरी खानेपानी तथा सरसफाईको आयोजनामा देवचुली वडा नम्बर ४मा निर्माण भएको ७५ घनमिटरको टंकी, ब्लक नम्बर १ मृतुंगमा निर्माण भएको ३ लाख घनमिटरको टंकी उद्घाट गर्दे मन्त्रीले प्रदेशमा एक घर एक धारा कार्यक्रम ल्याएको बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर