सुरेन्द्र भट्ट
दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्त समितिले आफ्नो तेह्रौँ बार्षिक साधारण सभा एवं छैठौँ अधिवेशनमा आयोजना गरेको छ । शनिवार गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
समितिका उपाध्यक्ष सुबास ओझाको स्वागत मन्तव्य रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, डिभिजन खानेपानी कार्यालय तनहुँका प्रमुख राजेन्द्र न्यौपाने, वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्साल, क्रसर ब्यवसायी तथा नेपाली काङ्ग्रेस देवचुलीका उपसभापति भोजेन्द्र रायमाझी, नेकपा एमाले देवचुली नगर अध्यक्ष कृष्णबहादुर केसी, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष तिलप्रसाद पाठकले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका सदस्य सरस्वती अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयको तर्फबाट मन्त्री आचार्यका निजि सचिव बिक्रम सुवेदी, प्रमुख स्वकीय सचिव कुमार तिवारी, स्वकीय सचिव रविन आचार्यको समेत सहभागिता रहेको थियो ।
दिव्यपुरी खानेपानी तथा सरसफाईको आयोजनामा शान्ति गैरा र टंकी शिलन्यास समेत गरेको छ । शान्ति गैराको ७५ घनमिटरको टंकी, ब्लक नम्बर १ मृतुंगको ३ लाख घनमिटरको टंकी एकै पटक उद्घाट गरिएको हो । संस्थाका अध्यक्ष तिलप्रसाद पाठकको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा समितिका सचिव कृष्णप्रसाद सापकोटाले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।