देवचुली ।
नेपाली कांग्रेस नवलपुर सहित देशका सबै जसो जिल्लामा अधिवेशन सम्पन्न भएको छ । नवलपुर जिल्लामा सभापतिमा महेन्द्रध्वज जीसी सर्वसम्मत हुनुभएको छ । सभापतिका अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापति पदमा जाने इच्छ्या व्यक्त गरे पछि सहमतिका आधारमा सभापति पदमा जीसी सर्वसम्मत चयन हुनुभएको हो । नवलपुरको कांग्रेसमा सभापति पदमा निविर्रोध हुनुमा पार्टिमा एउटा सकारात्म सन्देश प्रवाह भएको देखिएको नेताहरुको भनाइ छ । पार्टिमा जीसीले गरेको काम अहिलेको सर्वसम्मतको परिणामले देखाएको छ । सर्वसम्मत हुनुमा धेरै नेताहरुको उच्च योगदान र सहयोग रहेको देखिन्छ । कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको भूमिकालाई पनि उल्लेखनीय मानिएको देखिन्छ । चौधरी संगै नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला र विष्णु कार्कीको भूमिका पनि सम्झिनु पर्ने छ।
नवलपुर क्षेत्र नम्बर १ कोइरालाको निर्वाचित क्षेत्र भएको जिल्ला हो भने कार्की पनि स्थानिय तहमा बलियो राजनिति गरेका नेता समेत मानिनुहुन्छ । स्थानीय तहको चुनावअघि जिल्ला नेतृत्व सर्वसम्मत गराउँदा नै त्यसको सन्देश राम्रो जाने आँकलन पछि चौधरी सर्वसम्मत बनाउन लागिपरेका कुरा मुलधारका मिडियाहरुमा पनि आएका छन । यसो त जिल्ला अधिवेशनको सर्व सम्मत बनाउन केन्द्रीय नेताहरुको भुमिका रहेको अधिवेनबाट चुनिएका जिल्ला नेताहरुले बताइ रहेका छन । यस्तै नेपाली कांग्रेसका नवगठित उपाध्यक्ष चन्द्रबहादुर रानाले जिल्लामा सर्व सम्मत र चुनावमा होमिएका नेताहरुलाई पनि केन्द्रीय नेताहरु विशेष गरि विनोद चौधरीको भुमिका उच्च रहेको बताउनुभयो । उहाँले आफुलाई उच्च हौसला प्रदान गरेको रानाको भनाइ छ ।
देवचुली नगरपालिका दुम्कौलीमा चौधरी ग्राम लगायत उद्योगहरुमा सक्रिय हुदै जादाँ यहाँका सामाजिक काममासमेत चौधरीको उच्च योगदान संगै राजनीतिमा प्रवेश गर्नुभएको थियो । स्थानीयस्तरको राजनीतिमा प्रत्यक्ष नदेखिने चौधरी २०७४ सालको चुनावदेखि आफ्नो राजनिति यात्रामा खुलेरै आउनुभएको हो । उद्योग व्यवसाय क्षेत्रमा काम गर्दा आर्जन गरेको साख र नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएसँगै यतिखेर भने चौधरी आफ्नो भूमिका पनि बढाउँदै जानुभएको छ । नवलपुर कांग्रेसको नगर अधिवेशनमा पनि चौधरीको उपस्थीतिले राजनितिमा सक्रिय रहेको कांग्रेस भित्रबाट कुराहरु आउन थालेका छन ।