बिबेक भण्डारी, नवलपुर ।
नवलपुर जिल्लामा कृषि पेशामा लाग्ने युवाहरुको संख्या बढेको देखिएको छ । विशेष गरि वैदेशीक रोजगारबाट फर्केर आएका युवाहरु कृषिमा लागेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यलय नवलपुरको तथ्याङ अनुसार एक महिनामा मात्र ४० भन्दा बढि कृषि फर्म दर्ता हुन आएको पाइएको छ ।
कार्यलयकी सुचना अधिकृत राधिका सापकोटाका अनुसार कार्यलयमा फम दर्ता गराउन आउने सबै भन्दा बढि कृषि रहेको बताइन । कृषि तथा वन पैदावारमा आधारित फर्म अन्तरगत माघ महिनामा मात्र ४२ वटा दर्ता हुन आएको बताइन ।
यसबाहेक उत्पादन मुलक उद्योग ७, पर्यटन ७ , सेवा मुलक १० गरि माघ मसान्त सम्म ६६ वटा उद्योग दर्ता भएको सुचना अधिकृत सापकोटाको भनाइ छ ।
सरकारले कृषिमा अनुदानको दायर बृद्धि र कृषिमा सम्भावन भएका कारण यसमा लाग्नेको संख्या बढेको हो ।