चौधरी उद्योगको स्वास्थ्य शिविर , २ हजार मजदुरको स्वास्थ्य परिक्षण गरिने

शिक्षा

बिबेक भण्डारी ,नवलपुर ।
चौधरी उद्योग ग्रामले २ हजार मजादुरको स्वास्थ्य परिक्षणका लागि शिविर संञ्चालन गरेको छ । नवलपुरको दुम्कौलीमा रहेको चौधरी ग्राममा कार्यरत मजदुरहरुका लागि स्वास्थ्य परिक्षण शिविर शुक्रवार एक कार्यक्रमको अयोजना गरि उद्घाट गरेको छ । आफ्ना मजदुरहरुमा स्वास्थ्य अवस्था जानकारी लिने र उनिहरुको स्वास्थ्यमा ध्यान दिन उक्त शिविर आयोजना गरेको हो ।

उद्योगका महाप्रबन्धक खड्ग पौडेलका अनुसार उद्योगका मजदुरहरु स्वस्थ्य रहे उद्योगको गुणस्तर पनि स्वास्थ्य रहने हुदा मजदुरहरुको स्वास्थ्य अवस्था परिक्षण आवस्यक रहेकै कारण शिविर संञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य शिविर संगै उद्योगले गुणस्तर सम्बन्धि कार्यक्रम गरिने बताउनुभयो । उद्योगले आफुहरुको स्वास्थ्य परिक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर स्वास्थ्य शिविर गरेको भन्दै मजदुर पनि हर्षित भएका थिए । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परिक्षण गरिएकोमा महिलाहरु खुशी भएका थिए । रोजगारका कारण स्वास्थ्य परिक्षण गराउन समय नहुने भन्दै उद्योगले नै उद्योग परिसरमा स्वास्थ्य शिविर ल्याएको खुशी व्यक्त गरेका थिए ।

उद्योगले स्त्री तथा प्रजनन् सम्बन्धि मात्र नभएर आखाँ सम्बन्धि परिक्षण पनि गरेको थियो । उद्योगले आगामि दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरे मजदुहरुलाई राहत हुने सोहि चौधरी उद्योगमा कार्यरत एक मजदुर बताउछन । उद्योगका जनस्वास्थ्य अधिकृत सागर बस्ताकोटीका अनुसार उद्योगमा कार्यरत मजदुरहरुका लागि दुई चरण दिवा र रात्री सिफ्टलाई मिलाएर स्वास्थ्य परिक्षण गराएको बताउनुभयो । उक्त शिविरमा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजका सिनियर म्यानेजर दुर्गा न्यौपाने, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बुद्धिकुमार श्रेष्ठ , गाइनकोलोजी विभाग प्रमुख डा. रसिक न्यौपाने, ओपीडि इन्चार्ज प्रविन उपाध्याय लगाएको सहभागिता रहेको उद्योगका रामचन्द्र धितालले जानकारी दिनुभयो ।

पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग रहेको थियो । चौधरी उद्योगमा २ हजार बढि कार्यरत छन । उद्योगले चाउचाउ,चकलेट,वियर लगायतका वस्तुहरु उत्पादन गर्दे आएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर