स्वामी कमलनयनाचार्यको आब्हानमा नया वर्षमा ५ स्थानमा एकै पटक पन्चश्रीमहायज्ञ गरिने

शिक्षा

नारायण शर्मा
मुक्तीनाथ पिठाधिस स्वामी कमलनयनाचार्यजी महाराजका सत्संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नया वर्षका अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ । पर्वतको कालन्जर हम्पाल पर्वत, बाग्लुंगको रारायीकोट( राजराजेश्वरी देवीको तपोभूमि ) , मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके) , गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा महायज्ञ हुने भएको छ ।
महायज्ञ आयोजना गरिने स्थलमा शनिवार हेलिकप्टरवाट स्वामी कमलनयनाचार्य सहितको टोलिले स्थलगत अबलोकन गर्नु भएको छ । ति स्थानमा पुग्दा स्थानिय सर्वसाधारणको ठुलो संख्यामा उपस्थिती रहेको थियो । ति सबै स्थानमा एउटै मिति र समयमा पन्चश्रीमहायज्ञ हुने भएको छ । बैदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका ति स्थलहरुलाई तिर्थस्थल र धार्मिक पर्यटकिय क्षेत्रका रुपमा त्यहा पन्चश्रीमहायज्ञ लगाइने भएको हो ।

शनिवार हेलिकप्टरमा ति स्थानमा कमलनयनाचार्यजी महाराज पुग्दा ठुलो संख्यमा भक्तजनहरुले जयजयकार गरेका थिए । रारायीकोट देखि केहि तल पर्ने पन्चकोट स्वामी कमलनयानचार्यको जन्मथलो समेत हो । पन्चकोटमा स्वामीजीका संकल्पमा भब्य मन्दिर निर्माण भैसकेको छ । नया वर्षका अबसरमा गरिने यज्ञस्थलहरुमा शनिवार स्वामीले त्यस क्षेत्रका निर्माण गरिएका समितिका महानुभाव र सर्वसाधारणहरुलाई दिशा निर्देश गर्नु भएको थियो । जानकारहरुका अनुसार नया वर्षका अबसरमा हुने यज्ञस्थलहरुमा स्वामी कमलनयनाचार्यवाट २५ र ३२ वर्ष अघि ध्यान जप र तप गरिएका स्थलहरु हुन । पर्यटकिय स्थल टोडकेका स्थानिय ८४ वर्षिय टोलनाथ गैरेले स्वामीवाट करिब ३ दकक अघि तपस्या गरिएका स्थलमै नया वर्षका अबसरमा यज्ञ आयोजना हुनु धार्मिक दृष्टिकोणवाट अत्यन्त सकारात्मक कुरा रहेको सुनाउनु भयो । शनिवार हेलिकप्टरवाट त्यहा पुग्नु भएका कमलनयनाचार्यजी महाराजले ति यज्ञ स्थलहरुमा पुष्प बृष्टि समेत गर्नु भएको थियो । स्वामीको स्वागतमा स्थानियको ठुलो संख्यामा उपश्थिती रहेको थियो । ति सबै स्थानमा यज्ञ सम्पादन मुल समिति , सल्लाहकार समिति गठन भएर काम अघि बढेको छ । महायज्ञवाट संकलित रकम त्यहिको बिकासमा लगाइने स्वामीको प्रतिबद्धताले हामी खुशि छौ रारायीकोटका स्थानिय टंक गैरेले भन्नु भयो स्वामीले गर्नु भएका संकल्पले यहाको धार्मिक पर्यटन बिकासमा कोशेढुंगा सावित हुने छ । एउटा महात्माले गरेको अथक साधना , सन्कल्प र प्रयासले धौलागिरि क्षेत्रकै बिकासमा ठुलो टेवा पुग्ने उहाले बताउनु भयो । मुक्तीनाथ सन्तसेवा आश्रम पोखराका अध्यक्ष महेश पराजुली , स्वामीका शिश्य ऋषि ठकुर र नेपाल पत्रकारमहासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा सो अबसरमा स्वामीजीसंगै यज्ञ स्थलमा शनिवार पुग्नु भएको थियो ।
मुक्तिनाथ पिठाधिश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भैरहेको अध्यक्ष पराजुलीले बताए ।

पोखरा मुक्तीद्धार भएकाले पोखरा र आसपासका धार्मिक स्थलहरुको संरक्षण र प्रर्बधनमा स्वामीको योगदान सह्रासनिय रहेको पराजुलीले वताउनु भयो । एउटै तिथि मितिमा शुरु भएर एउटै बिधि बिधान अनुसार पन्चश्रीमहायज्ञ गरिने भएकाले यस महायज्ञमा सबैको सकृय सहभागिताकालागि पराजुलीले अनुरोध गर्नु भएको छ । ५ फरक फरक स्थानमा गरिने महायज्ञको तैयारीमा स्थानियको ठुलो सहभागिता रहने पराजुलीको भनाई छ । आउदो बैशाख १ देखि ५ गते सम्म महायज्ञ हुने भएको हो । शनिवार ति स्थानमा पुग्नु भएका स्वामीजीले महायज्ञ गरिने बिधि, बिधानको बिधवत घोषणा गर्नु भएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर