नेपाल राष्ट्रीय युवा प्रतिभा पुरस्कारबाट राजन गौतम सम्मानित

शिक्षा

बिबेक भण्डारी ।
यस वर्षको नेपाल राष्ट्रीय युवा प्रतिभा पुरस्कारबाट राजन गौतम सम्मानित भएका छन । देवचुली नगरपालिका वडा नम्बर १६ मा बस्ने गौतम शैक्षिक क्षेत्रमा लागेका युवा हुन । उनि देवचुली कलेज रजहरका क्याम्पस प्रमुख संगै देवचुली मा वि विज्ञान तथा प्राविधि संकायका विभागिय प्रमुख समेत रहेका छन ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रत्यक वर्ष देश भरि बाट विभिन्न विधामा सक्रिय रही महत्वपुर्ण योगदान गर्ने युवा हरुलाई सम्मान गर्ने गर्दे आएको छ यस वर्ष नवलपुरबाट गौतम सम्मानित भएका हुन । गौतम संगै अन्य ९ जना युवाहरु सम्मानित भएका हुन ।

अहिलेको युवाहरु विदेश पलायन हुने क्रम बढेको र युवाहरुको आवस्यकता देशमा आवस्यक रहेको अंकित र केहि गर्ने युवाहरुलाई राज्यले सम्मान गर्छ भन्ने उदारण प्रस्तुत गर्न युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाहरुलाई सम्मान र पुरस्कार वितरण गर्ने युवा तथा खेलकुद मन्त्रालयले जानकारी गराएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर