बिबेक भण्डारी ।
आफ्नो ५० औँ वर्ष पुगेको अवसरमा देवचुली माध्यमिक विद्यालय रहजरले विविध कार्यक्रम आयोजना गरि रहेको छ । विद्यालयले आफ्नो स्वर्ण महोत्सवको अवसरमा शैक्षिक कार्यक्रम आयोजना गरि रहेको विद्यालयका प्र.अ नारायण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले हाल देवचुली मा वि का बालबालिकाहरु बिच प्रतियोगितात्म कार्यक्रम आयोजना गरिहेको बताउदै चैतको पहिलो साता देखि विद्यालय भन्दा बाहिरका कार्यक्रमहरु आयोजना गरिने बताएउनुभयो ।
उहाँका अनुसार स्वर्ण महोत्सव अन्तरगत आज अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उक्त प्रतियोगितामा सुजाता पौडेल प्रथम, महिमा पौडेल द्वितीय,कृषला शर्मा तृतीय तथा आधारभूत तहमा प्रेरणा काफ्ले प्रथम,समीर जैसी द्वितीय ,आरती भुषाल तृतीय स्थान हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।
विद्यालयले यो वाहेक ट्राफिक सचेतना, लागुपदार्थ दुर्वेशनी सचेतना, जेष्ठ नागरिक सम्मान, खाना महोत्सव, विज्ञान प्रर्दशनी लगाएता कार्यक्रमहरु आयोजना गर्ने प्र.अ भण्डारीले जानकारी दिनुभयो ।