देवचुली ४ र ५का सुकुम्बासीको संर्घष : लालपुर्जा हात नपरे सम्म भोट दिदैनौँ

शिक्षा

बिबेक भण्डारी/सुरेन्द्र भट्ट

सुकुम्बासी समस्या समाधानमा स्थानियतहले चासो नदेखाएको भन्दै देवचुली नगरपालिकाका स्थानियहरुले विरोध गरेका छन । आइतवार देवचुली नगरपालिका वडा नम्बर ४ र ५ले सकुम्बासी संघर्ष समिति गठन गरि नगरपालिकाको कार्यलयमा विरोध गरेका छन । स्थानिय सरकारले पाँच वर्ष अघि आफुहरुलाई सुकुम्बासी समस्या समाधान गर्दिने भने पनि स्थानिय सरकारको कार्यकाल सकिन लाग्दा समेत सुकुम्बासी समस्या समाधान गर्न नसेको भन्दै उनिहरुले ७ घण्टा नगरपालिकाको कार्यलयमा विरोध संगै धर्ना बसेका थिए ।

विरोधमा आएका स्थानियहरुले नो लालपुर्जा नो भोट, चुनावमा भोट माग्न आउनेलाई बहिस्कार जस्ता नारा लेखिएका पम्प्लेटहरु लिएर उत्रिएका थिए । गणेश गुरुङको संयोजनमा गठन गरिएको संघर्ष समितिले देवचुली नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ५ कार्यलय हुदै नगरपालिकाको कार्यलयमा गएर धर्ना दिएका थिए । स्थानियका अनुसार आफुहरु धेरै वर्ष अघि देखी बसोबास गरेको र पछि वस्तीमा वनको क्षेत्राधिकार परेको समस्या एकातिर रहेको छ भने अर्को तर्फ सुकुम्वासी समस्या झेल्नु पर्दा समस्यामा परेको बताए । नगरपालिकामा ज्ञापन पत्र बुझाएको संघर्ष समितिले नगरपालिकाले ८ गते काठमाण्डौ प्रधानमन्त्रीलाई भेट्न जाने कार्यक्रम निर्णय गरे पछि सघर्षको कार्यक्रमलाई केहि समय स्थगित गरेको संघर्ष समितिका संयोजक गुरुङले बताए ।

यता नगरप्रमुख पूर्णकुमार श्रेष्ठले आफुहरुले सुकुम्बासी समस्या समाधान गर्ने तर्फ निरन्तर लागे पनि सरकार परिवर्तन हुदा सुकुम्बासी समस्या समाधानका लागि बनाइएको आयोग खारेज हुदा समस्या भएको बताए । उपप्रमुख पार्वता तिवारीले आफुहरुले चुनावका समयमा मुख्य एजेण्डामा सुकुम्बासी समस्या समाधान रहेको भए पनि प्रयास गर्दा गर्दे सफल हुन नसकेको स्वीकार गरिन । संघर्ष समितिले भने नगरपालिकाले ८ गते प्रधानमन्त्रीलाई भेट्न जाने निर्णय दिए पछि संघर्षका कार्यक्रम केहि समयलाई रोकेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर