बिबेक भण्डारी, नवलपुर ।
प्राकृतीक जिवजनावर रम्ने स्थानमा बढ्दो फोहोर आफुले देख्न नसकेको महानायक राजेश हमालले बताएका छन । सोमवार नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७मा आफैले नदि किनार सफाइ गर्दे फोहोरले जनावरलाई असर पुर्याउने भन्दै प्राकतीक क्षेत्र सफाइ गर्नुपर्छ भन्ने सन्देश दिन आफै सफाइ कार्यमा लागेको बताए ।
बढ्दो जनघनत्वको कारण नदि दिनानुदिन प्रदुषण हुदै गएको भन्दै महानायक हमालले प्लाष्टिक र फोहोर टिपेर सफाई अभियानमा आफै अग्रसर भएका थिए । महानायक हमालले नारायणिमा विभिन्न किसिमका प्लाष्टीक जन्य वस्तुहरुको फोहोर बढि रहेको र यसले जलचल प्राणिमा प्रत्यक्ष असर पुर्याएको बताए । आफु केहि दिन अघि जंगल सफारी जादाँ जंगलि जनावरहरुलाई यस्ता फोहोरले समस्या पारेको प्रत्यक्ष देखेपछि सफाइमा जुटेको बताए ।
महानायक नै गाउँमा आएर सरसफाइ अभियानमा प्रेणित गरेकोमा स्थानिय खुशी भएका थिए । नदि किनार सरसफाईमा आफुहरु पनि अग्रसर हुने भन्दै स्थानियहरुले पर्यटकिय क्षेत्रका रुपमा रहेको नारायणि किनारमा फोहोर फ्याक्न निशेष गर्ने बताए । केहि साता अघि नवलपुर आएका महानायक जिल्लाका विभिन्न सामाजिक कार्यमा सक्रिय देखिएका छन ।