आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्षमा गेल्जे लामा (शेर्पा)

शिक्षा

दयराम आचार्य ,कावासाेती।

आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्षमा गेल्जे लामा (शेर्पा) निर्वाचित हुनु भएको छ । बिहीबार राति सम्पन्न निर्वाचनमा सोनाम लामा  वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनु भएको हो । शेर्पाले ४४ मत प्राप्त गर्दा  वालुङ्गले ८ मत प्राप्त गर्नुभएको छ ।  महासचिवमा दिवश राई निर्वाचित हुनु भएको छ । उहाँले ३६ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुख वीर थामीले १५ मत प्राप्त गर्नु भएको छ ।


अधिवेशनमा एमाले र कांगे्रसको गठबन्धन बनेको थियो । अध्यक्ष कांगे्रस समर्थक र महासचिव एमाले समर्थक रहनुभएको छ । एमाले, कांगे्रस  एकातिर र  माओवादी , संघिय समाजवादी अर्को तिर गरि गठबन्धन बनेको थियो । २१ जना पदाधिकारी मध्यक्ष अध्यक्ष र महासचिवमा मात्रै मतदान भएको थियो ।  पदाधिकारीका अन्य १९ पदमा समेत एमाले , कांगे्रस  गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

जस अन्र्तगत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती,  खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भिर सिं गुरुङ्ग भोटे,  महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल रहनु भएको छ । उप महासचिवमा रामकृष्ण लामा ब्लोन,  सचिव खुल्लामा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल ,महिला सचिवमा ममता मेचे, छोर्गेल लामा , यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित हुनुभएको छ ।


कोषाध्क्षमा विमल सारु मगर र सह कोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे निर्वाचित हुनुभएको छ ।नेपाल आदिवासी जनजाती महासंघको दशौं राष्ट्रिय महाधिवेशन बुधबार देखि कावासोतीमा सुरु भएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर