बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर ३ मा सुनौलो हजार दिन महिलाहरुलाई पोषण सामाग्रि प्रदान गरिएको छ । शनिवार एक कर्यक्रमको अयोजना गरि ८२ जना महिलाहरुलाई उक्त सामाग्रि प्रदान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष गोपालराज शर्मा लम्सालले विषेश गरि सुनौला हजार दिन अर्थात सुत्केरी भएका महिलाहरुलाई पोषणका लागि प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा विष्णु तिवारी लम्साल, सरस्वती वि.क, स्वंयम सेविका टोपमाया कुमाल , लक्ष्मी खड्का लगायतको सहभागिता रहेको थियो । महिलाहरुलाई अण्डा,घ्यू प्रदान गरिएको थियो ।
पोषण युक्त खाना प्रदान गरेको भन्दै महिलाहरुले वडालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण रवि पौडेलले गर्नुभएको थियो ।