देवचुली ४,५ सुकुम्बासी संघर्ष समितिमा राजनितिकदलले पनि गरे एक्यबद्धता

शिक्षा

सुरेन्द्र भट्ट ।
देवचुली नगरपालिका वडा नम्बर ४ र ५ मा सुकुम्बासी समस्या समाधानका लागि बनेको संर्घष समितिमा उक्त वडाका राजनितिक दलहरुले पनि एक्यवद्धता जनाएका छन । संघर्ष समितिले बुधवार देवचुली ४मा आयोजना गरेको संघर्ष कार्यक्रममा वडा नम्बर ४ मा रहेका राजनितिकदलहरुले सुकुम्बासी समस्या समाधान गर्न आवस्यक पर्ने सहयोग आफुहरुबाट हुने भन्दै उनिहरुले संर्घष समितिले आयोजना गर्ने कार्यमा सहयोग गर्ने बताए । नेकापा एमालेका वडा उपाध्यक्ष फणिन्द्र घलेले सुकुम्बासी समस्या हामि सबै भएकोले राजनितिदलले सहयोग नगर्ने भन्ने कुरै नरहेकोले यसमा एमालेले पनि सहयोग गर्ने बताए । नेपाली कांग्रेस वडा समितिका सभापति दिपेन्द्र थापाले सुकुम्बासी समस्या समाधन नभए सम्म र सुकुम्बासीको हातमा पुर्जा नआए सम्म नेपाली कांग्रसले कुनै कार्यक्रम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओवादीका वडा अध्यक्ष मानबहादुर सुनाखरीले पनि आफ्नो पार्टिले यो समस्यामा साथ दिने बताए । जनता समाजवादी पार्टी गण्डकी प्रदेशका वरिष्ट उपाध्यक्ष नारायण भण्डारीले पुर्जा विहिन राजनितिमा आस्था राख्ने साना र ठुला जो कोहिको पनि स्वयम पुर्जा विहिन नै रहेको बताउदै आफ्नो तर्फबाट र पार्टिको तर्फबाट पूर्ण समर्थन रहेको बताए । उनले यो अभियानलाई मर्यादित तरिकाले अगाढि बढाउन पर्ने बताए । यसका बाटाहरु धेरै भएको भन्दै त्यस्ता बाटाहरुमा पनि चल्नपर्ने बताए ।

उनले जुन वडामा सुकुम्बासी समस्या छ त्यो वडाका सबैलाई समेटेर पालिकाका सबै सुकुम्बासी समस्यामा परेकाहरुलाई समेटेर अघि बढ्न सुझाव दिए । कार्यक्रममा वडा अध्यक्ष गिरबहादुर थापा रामले पनि अभियानमा लाग्ने र सहयोग गर्ने बताए । सर्षष समितिका संयोजक गणेश गुरुङले विभिन्न स्थानमा नो लालपूर्जा नो भोट अंकित पोष्टर र गेट निर्माण गरेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर