दिव्यपुरी खानेपानी अध्यक्षमा पुन: तिलप्रसाद पाठक

शिक्षा

बिबेक भण्डारी ।
दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन तिलप्रसाद पाठक चयन भएका छन ।

सचिवमा ऋषिराम पोख्रेल, कोषाध्यक्षमा धनमाया आचार्य चयन भए । संस्थाको सदस्य पदमा ब्लक नं १ बाट रोशन पौडेल, ब्लक नं २ बाट टिकाराम भण्डारी, ब्लक नं ५ बाट सरिता खनाल, ब्लक नं ७ बाट खुमनाथ लम्साल, ब्लक नं ८ बाट तुलनारायण सन्यासी, ब्लक नं ९ बाट अम्बिका भट्टराई निर्बिरोध चयन भएका हुन् । यसैगरि संस्थाको लेखा सदस्यमा भोजराज पौडेल र कृष्ण कुमारी घिमिरे चयन भएका छन् । निर्वाचन समितिका संयोजक सुर्य पोख्रेलका अनुसार उपाध्यक्ष पद र लेखा संयोजकमा बाहेक अरु पदमा निर्विरोध भएको बताए । उपाध्यक्ष र लेखा संयोजकका लागि भने चुनाव हुने संकेत देखिएको बताए ।

ब्लक सदस्य पदका लागि ३ र ४ मा पनि चुनाव हुने भएको छ । चुनाव आगामी चैत्र १९ गते शनिबार लालीमा कृषि सहकारी संस्थाको प्राङ्गढमा बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म हुने जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर