बिबेक भण्डारी, नवलपुर ।
मुलुकका अधिकाशं स्थानमा कोरोनाका कारण उद्योगहरु बन्द हुदै गर्दा धेरैले रोजगार गुमाउनु परेको छ । तर नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग संञ्चालन संगै गाउँको मुहार नै फेरीएको छ । उद्योग संञ्चालन नहुदा वेरोजगार, महिला हिंसा लगायतका धेरै समस्याहरु रहेको थियो तर गाउँमै उद्योग संञ्चालन भए पश्चात भने स्थानियहरुले रोजगार पाए पछि यस्ता घटनाहरु रोकिदै गएको छ । २०५२ सालमा विनोद चौधरीको पूर्ण लगानिमा उक्त उद्योग स्थापना भएको थियो । अहिले उक्त उद्योगमा २ हजार बढिले प्रत्यक्ष रोजगार पाएका छन । पहिले रोजगार नहुदा बिदेश गएका धेरै युवाहरु अहिले आफ्नै क्षेत्रको ठुलो उद्योगमा रोजगार पाए पछि सजिलै घरखर्च चलाएका छन । रोजगार नहुदा आफ्ना बालबालिकालाई उच्च शिक्षा समेत प्रदान गर्न नक्नेका लागि समेत उद्योगले सहयोग गरेको छ । सो उद्योगमा काम गर्ने अधिकाश मजदुरहरुले आफ्ना बालबालिकाहरुलाई उच्च शिक्षा प्रदान गर्न सक्ने भएका छन । विशेष गरि उद्योग स्थापनाले महिलाहरु बढि लाभ लिएका छन । उद्योगमा रोजगार गरेर आफै कमाउन सक्ने भए पछि श्रीमानको भर पर्न नपरेको महिलाहरुको भनाइ छ । स्थानिय लिलावती वगालेका अनुसार उद्योग स्थापना नहुदा आफुहरु चुलाचौकामा मात्र सिमित हुनुपर्ने बाध्यता रहेको बताइन । तर अहिले भने आफै रोजगारमा जादाँ बाहिरी कुराहरुमा पनि ज्ञान आर्जन गर्न सक्ने भएको वगालेको बताउछिन ।
उद्योगका प्रशासन प्रमुख रामकाजी सिटौँलाका अनुसार उद्योगले प्रत्यक्ष अहिले २ हजार बढिलाई रोजगार प्रदान गरेको बताए । उद्योगले स्थानिय महिलाहरुलाई पनि आयआर्जनमा सरिक गराउन मलिाहरुलाई प्राथमिता प्रदान गरेको छ । उद्योगमा देवचुली नगरपालिकाका ७२ प्रतिशत,नवलपुर जिल्ला भरिका ८६ प्रतिशत स्थानियहरु कार्यरत रहेको उद्योगका प्रशासन प्रमुख सिटौँलाले बताए ।
चौधरी ग्रुपको उक्त उद्योग नेपाल संगै बाहिरी मुलुकका धेरै स्थानमा छन । नवलपुरको दुम्कौलीमा रहेको उक्त उद्योगले नेपाल सरकारलाई गत वर्ष मासिक ५८ करोड र वार्षिक ७ अर्व भन्दा माथि राजश्व प्रदान गरेको उद्योगका प्रशासन प्रमुख सिटौलाको भनाइ छ । उद्योगले स्थानियलाई रोजगार संगै सामाजिक उत्तर दायित्वका कार्यहरु समेत गरेको छ । समाजका विकास निर्माण र शिक्षा क्षेत्रका लागि मात्र वार्षिक ६० लाख भन्दा बढि खर्चदै आएको छ ।
विनोद चौधरीको चौधरी उद्योग जस्तै राज्यले यस्ता उद्योग संञ्चालनमा जोड दिनुपर्छ । राज्यले मुलुकमा उद्योग क्षेत्रमा लगानि विस्तार गरि देशका दक्षजनशक्तिलाई देशमै रोजगारको वातावरण सृजर्ना गरिदिने हो भने धेरै युवाहरु आफ्नै देशमा रमाउने र देश विकासमा योगदान पुर्याउने थिए ।
दुम्कौलीको चौधरी उद्योग जहाँ २ हजार बढि रोजगारमा छन
