बिबेक भण्डारी ।
सुकुम्बासी समस्या समाधान गर्ने भन्दा पनि विभिन्न पार्टिका नेताहरुले आश्वासन मात्र दिने गरेको सुकुम्बासी संघर्ष समिति ले बताएको छ । शनिवार नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ र ५ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेताले प्रष्ट कुरा राख्न नसकेको संघर्ष समितिले बताएको छ । संघर्ष समितिका अध्यक्ष गणेश गुरुङका अनुसार हामिलाई पुर्जा कहिले दिन सक्ने भन्ने मात्र प्रश्न हो तर नेताहरु भने अझै आश्वासनका बोली मात्र प्रयोग गरेको बताए । संघर्ष समितिले राखेको अन्तरक्रियामा नगर,प्रदेश र केन्द्रका केन्द्रिय नेताहरुको उपस्थीत रहेको थियो । कार्यक्रममा उपस्थीत नेताहरुले पालैपालो आफ्ना कुरा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्र ध्वज जिसीले आफु यहि क्षेत्रको स्थानिय भएको बताउदै सुुकुम्बासीको समस्या आफुलाई थाहा भएको र आफ्नो हातमा पुर्जा नहुदा हुने समस्या बारे आफु ज्ञात रहेको बताए । उनले संघर्ष समितिले गरेको आन्दोलनलाई नेताहरुले अनदेखा गर्न नखोजेको बताए । नेपाली कांग्रेस सुुकुम्बासीको आन्दोलनको पुर्ण समर्थनमा रहेको बताउदै जिसीले आफुहरु चुनावका लागि मात्र मानव नभएको भन्दै सामाजिक कार्यमा चुनाव नै पर्खेर नबसेको बताए । यस्तै कार्यक्रममा नेकपा एमालेका रोशनबहादुर गाहा मगरले नेकपा एमाले सरकारमा हुदा सुुकुम्बासी समस्या समाधानको कार्यलाई निरन्तरता दिए पनि सरकार हटे पछि भने आफुहरुले काम गर्न नपाएको बताए । उनले नेकपा एमाले सरकारमा हुदा भुमिका प्रदानका लागि गरेको लगत संकलनको कार्य अहिले गठबन्दनको सरकारले दिने त के हेर्ने काम समेत नगरेको अरोप लगाए । संविधान सभा सदस्य कृष्ण पौडेलले जनताको दुख परिवर्तन नभएको बताउदै आफ्नो अधिकारको लागि गरेको संघर्ष प्रति आफु सहमत रहेको बताए ।
जनता समाजवादी पार्टि गण्डकी प्रदेशका सदस्य कृष्ण गौतमले भुहिनको यो संर्घषको कार्यक्रमलाई साथ दिन प्रदेश देखी केन्द्र सम्म जहाँ छाप लगाउन पर्छ जसपा तयार रहेको बताए । उनले ठुला पार्टिले दम्भ देखाएको कारण निमुखा जनता सधै पछि परेको समेत बताए । माओवादी केन्द्रका केन्द्रिय सदस्य किसन शर्मा गैरेले केहि दिनमा जिल्ला मै आयोग बन्ने र यसले पूर्णता पाउने बताए । उनले गठबन्दन सरकार जहिले पनि साथ रहने बताए । नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले संर्घष समितिले गरेको संघर्षलाई सफल बनाउन आफुहरु लागि पर्ने बताए । उनले यो अभियानलाई सार्थकता र पूर्णता प्रदान गर्न सबै राजनितक दलले हातेमालो गनुपर्ने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले नेपाली कांग्रेसले यो आन्दोलनमा प्रतिबद्धता रहेको बताए । उनले यो आन्दोलन एउटा अधिकारको आन्दोलन ,भुमि प्राप्तिको आन्दोलन भएको भन्दै यसमा आफु र आफ्नो पार्टिले सहयोग गर्ने बताए । कार्यक्रममा स्थानिय नेता , नगर उपप्रमुख पार्वता तिवारी लगायतको सहभागिता रहेको थियो ।