बिबेक भण्डारी , नवलपुर ।
देश पूर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिङ्गदेलले बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टि नवलपुरले शनिवार देवचुलीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे अध्यक्ष लिङ्गदेलले तिन करोड नपुगेको देशका पचासौँ लाख युवाहरु विदेश गएको कारण देशले रोजगारको कारखाना भन्दा पनि बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभयो ।
उहाँले खाडी र युरोप देशमा गएका युवाहरुको तथ्याङ मात्र गणना भएको तर परिवार पाल्नका लागि भारतका विभिन्न स्थानमा गएर दुख जिवन विताएकाहरुको गणना नभएको बताउदै देश हाक्ने नेताहरुले बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउनुभयो ।े देशका लागि योग्य युवाहरु विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क थियो । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण देशको कुनै क्षेत्र खुशी नभएको बताएउनुभयो । देशमा रहेका उद्योगी, व्यापारी,कृषक , प्रहरी कर्मचारी कोहि पनि देशको परिस्थीति र अहिलेको अवस्था देखेर आजित बनेको बताउनुभयो ।
अध्यक्ष लिङ्गदेलले अब जनताले चासो र बिबेक नपुर्याए देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवस्यक रहेको बताउनुभयो । अब कुन व्यक्तिले देशको विकास गर्छ त्यो व्यक्ति हेर्नुपर्ने भन्दै बाबुबाजे देखिको भनेर बस्ने बेला नभएको भन्दै अब चेतन हुन आवस्यक रहेको बताउनुभयो ।