कावासाेती ।
कावासाेती ८ मिलन चाेकमा माया फिजियाे थेरापी एण्ड रिहाबिलिटेसन सेन्टरले देखि सेवा सुरु गरेकाे छ ।
सेवा प्रारम्भ गरेकाे माया फिजियाे थेरापीमा ढाड, कम्मर, घुडाँ, कुम, गर्धन, कुरकुच्चा आदी,जोर्नी तथा मांसपेसी दुखेको
हात जामहुने, माथी लैजान नमिल्ने (Frozen Shoulder) काे उपचार सेवा रहेकाे संचालक डा. बिन्दुमाया चाैधरीले जानकारी दिनुभयो ।
यसै गरि अप्रेसन वा प्लास्टर पछि नाम भएको जोर्नीहरूको समस्या नशा च्यापिएको, सुन्निएको ,प्यारालाईसिस (पक्षघात), मुख बाङ्गो हुने (Bell’s Palsy) ,Sports Injury, Cardio Respiratory Physio ,बाल अपाङ्गता, महिलाको बृद्धा अवस्थामा पिसाव नरोकीने समस्या ,हात खुट्टाको कमजोरी, लुलो हुने, झमझमाउने, पोल्ने, सिल्का हान्ने समस्या लगायत अकुपंचरको सुविधा रहेकाे संचालक डा. चाैधरीले बताउनुभयो ।
माया फिजियाेथेरापीकाे उद्वघाटन कार्यक्रममा डा. छविलाल थापा, गण्डकी प्रदेशसभा सदस्य ओमकला गाैतम ,झपेन्न्द्रेस्व भुषाल, डिवि चाैधरी,वेद प्रसाद न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।