काठमाडौं ।
सरकारले भोलिदेखि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ‘ए’ र करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना छ ।