नेपाली कांग्रेस सत्तागठबन्धनको भागबण्डा : तीन महानगरपालिकाको उपमेयर

शिक्षा

काठमाडौं

नेपाली कांग्रेसले सत्तागठबन्धनको भागबण्डाबाट तीन महानगरपालिकाको उपमेयर पाएको छ । मंगलबार साँझ गठबन्धनले ६ महानगरकै मेयर र उपमेयरको टुंगो लगाएको हो ।

बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक–एकवटा महानगरमा उपमेयर भागवण्डा गरेको हो ।
गठबन्धनमा भएको सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पक्का गरेको कांग्रेसले भरतपुर, पोखरा र वीरगञ्जको उपमेयरमा टिकट सुनिश्चित गरेको छ ।

यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा परेको छ । माओवादीबाट हालकी मेयर रेनु दाहाल नै पुनः चुनावी मैदानमा उत्रिदै छिन् । कांग्रेसले उपमेयरको उम्मेद्वार छान्न बाँकी छ । उपमेयरका लागि कांग्रेसबाट २४ जनाले आकांक्षा जोहर गरेका छन् । सोही इच्छालाई कांग्रेस महानगर समितिले कांग्रेस जिल्ला शाखा र प्रदेश समितिलाई बुझाई सकेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर