नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि ओझा एमाले प्रवेश

शिक्षा

डि आर क्षेत्रि

स्थानिय तहकाे निर्वाचनकाे सरगर्मि वढिरहदा देवचुलि-१, केउरानिका सुवास चन्द्र ओझा आज एक कार्यक्रमका विच नेकपा एमाले प्रवेश गरेका छन् । पार्टि विचार र सिद्धान्तका लागि राष्ट्रियताकाे मुद्दामा एकढिक्का भएर लागेकाे नेकपा एमाले पार्टि नै उपयुक्त ठानि नेकपा एमाले प्रवेश गरेकाे कार्यक्रममा बाेल्दै ओेझाले वताए । नेकपा एमाले स्थापनाकाे ७४ ओैं स्थापना दिवसकाे अवसरमा नेकपा एमाले वडा कमिटि वडा नं १ काे आयाेजनामा वृद्ध वृद्दा सम्मान कार्यक्रम समेत गरेकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि नवलपुर जिल्ला ईन्चार्ज सांसद तिलक महतले टीका र खादा लगाएर पार्टिमा प्रवेश गराउनु भएको थियाे ।

ओझा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि , तरुण दल गण्डकी प्रदेश विभाग सदस्य , तरुण दल नवलपुरका सदस्य समेत रहेका थिए । ओझा सहित नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि टेक बहादुर गुराै , क्रियासिल सदस्य श्याम वहादुर थापा , दुर्गा थनेत लगायत ९० जना पार्टि प्रवेश गरेका छन् ।

नव प्रवेशहरुलाई स्वागत गर्दै सांसद महतले पार्टिमा सहि र उचित स्थान दिईने वताउनुभएकाे छ । यसै विच नेकपा माओवादी केन्द्र का नेता मिना थापा र ईन्दिरा बुढाथोकी पनि आज नै नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पार्टि नवलपरासिका सह ईन्चार्ज त्यस्तै केन्द्रीय सदस्य रविन्द्र अधिकारिकाे समेत उपस्थिति रहेकाे थियाे ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर