देवचुली चारमा गठबन्धनको चुनाव प्रचार प्रसार समितिको कार्यलय स्थापना

शिक्षा

बिबेक भण्डारी ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देवचुली वडा नम्बर ४ ले चुनावि कार्यक्रम अघि सारेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दे चुनाव प्रचार प्रसार समितिको कार्यलय उद्घाट गरेको छ । चुनावि कार्यक्रमहरुलाई अघि बढाउन उक्त कार्यलय स्थापना गरेको हो । आयोजित कार्यक्रममा नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समितिका देवचुलीका संयोजक भोजेन्द्र रायमाझिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले अब आउने हुने स्थानियतहको चुनावमा गठबन्धनबाट उम्मेदवारमा रहेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानमा लाग्न आग्रह गर्नुभयो उहाँले गठबन्धको जित आम जनताको जित हुने दावि गर्दे अहिले जति पनि भुमि सम्बन्धि समस्या छन ति समस्या समाधान जितेका उम्मेदवारले गर्ने दाव समेत गर्नुभयो ।


यस्तै कार्यक्रममा देवचुली नगरपालिकाको मेयरका उम्मेदवा अशोक बस्ताकोटीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार बस्ताकोटीले आफुले जित हासिल गरे पश्चात पहिलो कार्य सुकुम्बासी समस्या समाधनका विषयमा निर्णय गर्ने बताउनुभयो । उहाँले नगरका हरेक कार्यमा आफु पनि भ्रष्टचार नगर्ने अरुलाई पनि गर्न नदिने प्रतिबद्धता आफुले गरेको जनाउनुभयो ।

कार्यक्रममा उपमेयरका उम्मेदवार सत्यनारायण भुषालले मेयरका उम्मेदवारले भने बमोजीम आफ्नो पहिलो कार्य सुकुम्बासी समस्या समाधान गर्ने बताउनुभयो ।
माओवादी केन्द्र वडा नम्बर चारका अध्यक्ष मनबहादुर सुनाखरीको स्वागत मनतव्य रहेको कार्यक्रममा नगर प्रचार प्रसार समित संयोजक प्रेमाकुमारी खनाल, चारका लागि अध्यक्षका उम्मेदवार हेमराज भण्डारी, सदस्यहरु जुद्धबहादुर दराई, लालविर सुनार, उमा लुङ्गेली र जसोदा दमाइको उपस्थीत रहेको थियो । नेपाली कांग्रेस वडा सभापति दिपेन्द्र थापाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको सहजिकरण राजन पौडेलले गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर