मुसहर समुदायमा चुनावको रौनक छैन

शिक्षा

कावासोती
नवलपुरको मुसहर वस्तीमा चुनावको रौनक छैन । कावासोती नगरपालिका–१५ शेरगञ्जमा १ सय २७ घरधुरी मुसहरको छ । अति सिमान्तकृत मुसहर नदी खोलामा माछा मार्ने, ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । हुनेखानेलाई त चुनावको रौनक छ तर विहान खाए साँझ कसरी गुजारा गर्ने भन्ने समस्याबाट माथि उठ्न नसकेका मुसहर बस्तीका स्थानीयहरु भने चुनावका बारेमा बेखबर छन् । पटक–पटकको निर्वाचनमा आफूहरूले भोट दिए पनि मुसहर बस्तीलाई जनप्रतिनिधिले आश्वासन मात्र बाँड्ने काम गरेको उनीहरुको भनाइ छ ।

चुनावको बेला ज्याला मजदुरी गरिरहेकै ठाउँमा पुग्ने उम्मेदवार जितेपछि गाउँ नै नटेक्ने गरेको मुसहरहरु गुनासो गर्दछन् । वर्षेनी बाढीको वितण्डा झेल्दै आइरहेको मुसहर बस्तीलाई जनप्रतिनिधिहरुले कमाइ खाने थलो बनाएको उनीहरुको आरोप छ । गत वर्ष आएको बाढीले बालीसंगै खेत वगरमा परिणत गरिदियो । अघिल्लो निर्वाचनमा तटबन्ध बनाइदिने आश्वासन पाएका स्थानीय पुरानै वचन सम्झिरहेका छन् ।

विपन्नताले गर्दा यहाँका अधिकांश बालबालिकाले विद्यालय शिक्षालाई निरन्तता दिन सक्दैनन । अभिभावकसँगै काममा जानु उनीहरुको नियती बनेको छ । ०६२/६३ को जनआन्दोलनपछि देशमा ठूलाठूला राजनीतिक परिवर्तन भए पनि तराईका दलितमध्ये सबैभन्दा पिछडिएको मुसहर समुदायको अवस्था भने ज्यूँका त्यूँ छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर