बिबेक भण्डारी ।
खेतमा अहिले मकै छ । पात पलाएका मकैका बोटहरु गोड्न किसान खेतमा व्यस्त छन । किसानलाई खेतमा लगाएको मकै कसरी सपार्ने चिन्ता छ । यता स्थानिय तहको चुनावको डौडमा भाग लिएका उम्मेदवारहरुलाई मतदाता कसरी रिझाउने भन्ने चिन्ता छ । देवचुली नगरपालिका वडा नम्बर चारका किसानहरुको अधिकाशं खेतमा मकै लगाइएको छ , उक्त मकै गोड्न स्थानिय किसान खेतमा व्यस्त छन । यता उम्मेदवाहरु भने मतदाता भेट्न घरदैलो अभियानमा छन ।
उम्मेदवारहरु अहिले घरघरमा होइन खेतखेतमा गएर मतदाता भेट्दै छन । घरका परिवार विहान देखि साझ सम्म खेतमा नै हुने भएका कारण उम्मेदवारहरु खेतमै पुगेर मत माग्ने गरेका छन । स्थानिय चुनावमा होमिएका उम्मेदवारहरु आफ्नो पक्षमा कसरी मत पोल्टामा पार्ने भन्ने अभियानमा छन । उनिहरु अहिले मदताता रिझाउन हरहालमा लागि परेका छन । मतदाताहरु संग नम्र,मिठो बोली र मतदातालाई सहज होस भनि मतदाता काम गर्दे गरेको स्थान सम्म पनि मत माग्न पुगेको देखिन्छ । सोमवार नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा यस्तै दृश्य देखियो । चारकै एक किसान आफ्नो मकै बारीमा मकै गोड्दै थिए । गठबन्धनका तर्फबाट उम्मेदवार वडा अध्यक्षका प्रत्यासी हेमराज भण्डारी संगै वडा सदस्यका उम्मेदवारहरु मत माग्दै जादाँ मतदाता घरमा नभेटे पछि उनिहरु खेतमै पुगेर मत माग्न भ्याए । उम्मेदवारहरु आफु कुन पदका लागि चुनावमा लागेको र कसरी मतदान गर्ने भन्ने बारे जानकारी खेमै गएर दिए ।
९५ हेक्टर क्षेत्रफल रहेको देवचुली चारका अधिकाशं स्थानियहरु खेतिपाति काम गर्ने गर्छन । अहिले उम्मेदवारहरुलाई मनोबैज्ञानिक रुपले कसरी रिझाउन सकिन्छ भन्नेमा बढि केन्द्रित छन उनिहरु मतदाताहरुको मनमा आफ्ना उम्मेदवारहरुको नाम कसरी स्मरण योज्ञबनाउन सकिन्छ भन्ने चेष्टामा छन । यो संगै उम्मेदवारहरु आफु भन्दा बृद्धबृद्धा संग आर्शीवाद लिने देखी मतदाताको मन जित्न हर कोसिस गरि रहेका छन ।