नेकपा एमाले देवचुली चारका उम्मेदवारका १९ बुद्दे प्रतिबद्धता सार्वजनिक

शिक्षा

बिबेक भण्डारी ।
स्थानियतहको निर्वाचन नजिकिए संगै विभिन्न दलहरुको कसरत बढेको छ । दलदहरु आफ्ना कार्यक्रमको तालिका नै बनाएर चुनाव प्रचार प्रचार संगै अन्य कार्यक्रमहरु समेत गरि रहेका छन । यसै विच अहिले उम्मेदवारहरु प्रतिबद्धता पत्र र घोषणा पत्र सार्वजनिक गर्न सुरु गरेका छन । देवचुली नगरपालिका वडा नम्बर ४ ले पनि आफ्ना घोषणा पत्र सार्वजनिक गरेको छ । १९ बुद्धामा तयार पारेको घोषणापत्रमा पहिलो प्रतिबद्धता सुकुम्बासी समस्या अन्त्य गर्ने रहेको छ , यो संगै समग्र वडाको विकासका कुराहरुलाई समेटेको नेकपा एमालेबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले जनाएका छन । आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य विद्य विश्वकर्माले पार्टिका उम्मेदवारहरुले तयार पारेको प्रतिबद्धता एवं घोषणापत्र बारे जानकारी गराउनुभएको थियो । १९ बुद्दामा जनप्रतिनिधिहरुले गर्न बाकि रहेका कार्य र आगामि दिनमा देवचुली वडा नम्बर ४ मा आवस्यक पर्ने विकासका कार्यहरुलाई समेत समावेश गरिएको बताउनुभयो ।

उक्त वडाबाट वडा अध्यक्षका उम्मेदवार गिरबहादुर थापा , वडा सदस्य गणेश क्षेत्री,कृष्णप्रसाद रेग्मी, मोतीमाया गुरुङ्ग,दलित महिला सदस्यमा सुकमाया सार्कीको उम्मेदवारी रहेको छ । कार्यक्रमा बोल्दै वडा अध्यक्षका उम्मेदवार गिरबहादुर थापाले आफु उम्मेदवार दिनुका कारण आफु गत निर्वाचनबाट वडा अध्यक्ष हुदा बाकि रहेका कार्यहरु पुरा गर्न वडा अध्यक्ष पदमा उम्मेदवार रहेको बताए ।

नेकपा एमाले पार्टि उपाध्यक्ष फणिन्द्र घलेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो उहाँले प्रतिबद्धता तयार मात्र नभएर जिते पछि उल्लेखीत प्रतिबद्धताहरु पुरा पनि गर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण नेकपा एमाले देवचुली नगर कमिटि सदस्य लक्ष्मण रानाभाटले गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर