रजहर जेसीज र फिर्केद्धारा देवचुलीका उम्मेदवार र स्थानिय विच सार्वजनिक सुनुवाइ

शिक्षा

बिबेक भण्डारी ।
स्थानियतहको निर्वाचन नजिकिदै जादाँ विभिन्न दलका उम्मेदवारहरु चुनावि कार्यक्रममा तब्र व्यस्त देखिएका छन । यस्तै रजहर जेसिज बर्ष २०२२ र श्री जनकल्याण सामाजिक विकास केन्द्र(फिर्के) को आयोजनामा ककस कार्यक्रम आयोजना गरिएको छ । देवचुली नगपालिका भित्र मेयर,उपमेयर तथा सदस्यहरुका लागि प्रत्यासी र स्थानिय विच सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।

स्थानिय नारायणि ईट्टा उद्योगका प्रोपाइटर बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा देवचुली नगपालिकामा मेयर तथा उपमेयरका उम्मेदवार र सदस्यहरुलाइ स्थानियले अब नगरको विकासका लागि गर्ने कार्य र उम्मेदवारहरुले ल्याएको प्रतिबद्धताका विषयमा चासो राखेका थिए । कार्यक्रममा उपस्थीत विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले नगरको विकासका योजनाबारे जानकारी गराएका थिए ।

जनकल्याण सामाजिक विकास केन्द्र(फिर्के)का अध्यक्ष गिरीराज गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा जनकल्याण सामाजिक विकाश केन्द्र फिर्केका पुर्व अध्यक्ष अशोक थापाको संयोजन तथा रहजर जेसीज २०२२का अध्यक्ष इश्वर लोहनीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा आमा समूह , टोल बिकास संथाहरु, विभिन्न क्लव ,युवा समूहहरुको सहभागता रहेको थियो । रहजर जेसीज २०२२का महासचिव प्रदिप अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर