बिबेक भण्डारी
नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मत माग्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपती विनोद चौधरी नवलपुर आउनुभएको छ । विहिवार नवलपुर आउनुभएका चौधरी शुक्रवारदेखि चुनावि कार्यक्रममा व्यस्त रहनुभएको छ । चौधरीले शनिवार देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा उम्मेदवारहरु संगै मतदाताको घरदैलो अभियानमा सरिक हुनुभएको छ । देवचुली नगरपालिकाको वडा नम्बर १६,१७,४ पहाडि क्षेत्र देचवुली ५ बन्दिपुर वडा नम्बर ६को किर्तिपुरमा दिनभर देवचुली नगरपालिकाबाट नेपाली कांग्रेस र माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अशोक बस्ताकोटी, उपमेयरका उम्मेदवार सत्यनारायण भुषाल संगै वडाका लागि उम्मेदवार दिएका उम्मेदवारहरु संगै दिनभर चुनावि सभामा सरिक रहनुभएको थियो । देवचुली वडा नम्बर चारमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य चौधरीले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका नगर र वडाका सबै उम्मेदवारलाई बिजय गराउनु मुख्य दायित्व भएको भन्दै जित्ने मात्र नभएर जिते पछि उम्मेदवारले दिएका प्रतिबद्धता पनि पुर गर्नुपर्ने बताउनुभयो ।
उम्मेदवारहरु संगै देवचुलीको पहाडि क्षेत्र वडा नम्बर ५ को बन्दिपुर समेत पुग्नुभएका केन्द्रिय सदस्य चौधरीले विकास भएपछि मैले गरेको भन्ने धेरै आउने भए पनि विकास कस्को पालो भएको भन्ने कुराको ध्यान स्थानिय जनताले राख्नुपर्ने बताउनुभयो । उहाँले बन्दिपुर आउने बाटोको उदाहरण दिदै पहिले र जनप्रतिनिधि आएर काम गरे पछिको परिवर्तन बाटो सुधारले नै प्रष्ट पारेको बताउनुभयो । चौधरले नगर र प्रदेशको बजेटले मात्र विकासको पुर्णता नहुने भन्दै केन्द्रको पनि सहयोग आवस्यक रहने भन्दै आफु केन्द्र सम्म यहाँ देखिएका समस्याहरुलाई बुदाँगत रुपमा राख्ने समेत बताउनुभयो ।
देवचुली कै वडा नम्बर ६ किर्तिपुर समेत पुग्नुभएका चौधरीले दिनभर आफु कार्यक्रममा रहदा सुनेको र बुझेको मुख्य समस्या रोजगार, शिक्षाको विकास लगायतका धेरै समस्याहरु रहेको भन्दै यो समस्या समाधानका लागि नेपाली कांग्रेसका उम्मेदावरहरुलाई बिजय गराउनुपर्ने र ति उम्मेदवारहरुले केन्द्र सम्म समस्या समाधानका उपाए खोजेर यस्ता समस्याहरु निमुल पार्न लागि पर्ने बताउनुभयो ।
नेपाली कांग्रेस वडा नम्बर ८ ले आयोजना गरेको कार्यक्रममा समेत पुग्नुभएका चौधरीले कसैको लहलहै र कसैको आस्वासनमा लाग्न नहुने भन्दै यस्ता कुरामा जनताहरु सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो । शनिवार नगरपालिकाका विभिन्न वडाहरुमा आयोजना गरिएको कार्यक्रममा नगरका मेयरका उम्मेदवार अशोक बस्तकोटी, उपमेयरका उम्मेदवार सत्यनारायण भुषाल लगाएतको उपस्थीतिमा कार्यक्रमहरु आयोजना गरिएको थियो ।