बिबेक भण्डारी ।
गठबन्दनका उम्मेदवारलाई स्थानिय ८४ वर्षीय ठगुमाया ढकालले नमुना लालपुर्जा प्रदान गर्नुभएको छ । शनिवार देवचुली नगरपालिका वडा नम्बर चारमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रको प्रचारप्रसार समितिले आयोजना गरेको कार्यक्रममा स्थानिय बृद्धा ढकालले मेयरका उम्मेदवार अशोक बस्ताकोटी, उपमेयरका उम्मेदवार सत्यनारायण भुषाल, वडा अध्यक्ष उम्मेदवा हेमराज भण्डारी संगै सदस्यका उम्मेदवारहरुलाई नमुना लालपुर्जा प्रदान गर्नुभएको हो ।
पाचँ वर्ष अघि उम्मेदवारहरुले लालपुर्जा प्रदान गर्ने भने पनि अहिले सम्म स्थानियहरु पुर्जाविहिन भएर बस्नु परेको भन्दै उम्मेदवारहरुले अब सक्कली पुर्जा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले नमुना पुर्जा प्रदान गरिएको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीलाई समेत उक्त पुर्जा प्रदान गरिएको हो । पुर्जा लिदै चौधरीले बृद्धाआमाले आफुलाई ठुलो जिम्मेवारी प्रदान गर्नुभएको बताउनुभयो । उहाँले नमुना पुर्जा सामान्य कागज नभएर जिम्मेदवारी प्रदान गर्नुभएको बताउनुभयो ।
यस अघि नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार हरि न्यौपाने, उपप्रमुखका उम्मेदवार पार्वता तिवारी संगै वडा नम्बर चारका वडा अध्यक्ष उम्म्मेदवार र सदस्यका उम्मेदवारहरुलाई समेत नमुना लालपुर्जा प्रदान गरिएको थियो ।