मत गणना स्थलको सुरक्षाको लागी ७ वटा सिसि क्यामेरा जडान

शिक्षा

देवचुली।

देवचुली नगरपालिकाको मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ।

देवचुली ११ मा रहेको जनज्योति नमुना जनज्योति नमुना माध्यमिक विद्यालयको भवनमा मत गणना स्थलको व्यवस्थापन गरिएको देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीले बताएका छन्।

पन्थीले मत गणना स्थलको सुरक्षाको लागी ७ वटा सिसि क्यामेरा जडान गरिएको र निर्वाचन लक्षित अन्य तयारीहरु पनि लगत्तै गरिने बताएका छन्।

उनका अनुसार देवचुलीको १५ वटा वडामा एक एक वटाको दरले र वडा न १४ र वडा न १६ मा दुई वटाको दरले मतदान स्थल र ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

आसन्न बैशाख ३० मा हुने निर्वाचनमा देवचुलीमा ३६ हजार ८ सय ६९ जना मतदाता रहेका छन्।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर