नवलपुरको बौदीकाली– ६ मा कांग्रेसको प्यानल नै विजयी

शिक्षा

नवलपुर , बैशाख ३१ । 

स्थानीय तहको निर्वाचनमा नवलपुरको बौदीकाली गाउँपालिका– ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवारी दिएका खुमबहादुर सारुले ७२१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।त्यसैगरी कांग्रेसको तर्फबाट महिला सदस्यले ७२१, दलित महिला सदस्यले ७२०, खुल्ला सदस्य १ जनामा ७१५, खुल्ला सदस्य २ जनामा ७२६ मत आएको छ ।

गाउँपालिका अध्यक्षका उम्मेदवार कांग्रेसका केवी रानाले ७२६ र नेकपा एमालेका प्रकाश ओझाले ६१७ मत पाएका छन् । उपाध्यक्ष पदका लागि कांग्रेसका उम्मेदवार धनकान्ति घिमिरेले ६८२ र नेकपा एमालेका उम्मेदवार डिलकुमारी सारुले ६६५ मत पाएका छन् ।

सो वडामा २ हजार ४७ कुल मतदाता रहेपनि १ हजार ३७४ मत खसेको थियो । कुल खसेको मतमा ११ मत बदर भएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर