काँग्रेसले हार बेहोरेपछि सभापतिद्वारा राजीनामा

शिक्षा

नवलपुर,
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नेपाली काँग्रेसका पार्टी सभापति डिल्लीराम कडरियाले नगरसभापति पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार बेहोरेकाले आँफूले नैतिकताको आधारमा राजीनामा दिएको सभापति कडरियाले जानकारी दिएका छन् । कडरियाले राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरेलाई बुझाएका हुन् । देवचुली नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्न अहोरात्र खटिए पनि निर्वाचनको मत परिणाम आँफूहरुले सोचेभन्दा फरक आएकोमा कडरियाले दु:ख व्यक्त गर्दै देवचुली नगरपालिकाका काँग्रेसजन प्रति क्षमायाचना गरेका छन् ।

कडरियाले राजनीतिमा नैतिकताको प्रश्न प्रमुख हुने भएकाले सोही परिधिभित्र रहेर स्वईच्छाले राजीनामा दिएको बताएका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर