देवचुली नगरपालिकाको प्रमुखमा हरि न्यौपाने,उपप्रमुखमा पार्वता तिवारी बिजय

शिक्षा

देवचुली,
देवचुली नगरपालिकामा नेकपा एमाले बहुमत वडाध्यक्ष सहित मेयर र उपमेयरमा विजयी हासिल गरेको छ । देवचुली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेले भारी मत सहित विजयी भएको हो । नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएका हरि न्यौपानले १२ हजार ८ सय ६ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार अशोक बस्ताकोटीले ११ हजार २ सय १० मत प्राप्त गरि पराजित हुनुभएको छ ।

न्यौपानेले बस्ताकोटीलाई १ हजार ५ सय ९६ मतले पराजित गर्नुभएको हो ।
यसैगरि देवचुली नगरपालिकाको उप–मेयर पदका लागि उम्मेदवारी दिनुभएका नेकपा एमालेका पार्वता तिवारीले १२ हजार ७ सय ४९ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्र (गठबन्धन) का सत्यनारायण भूसाल ८ हजार २ सय २८ मत प्राप्त गरि पराजित हुनुभएको छ । तिवारीले भुसाललाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्नुभएको छ । तिवारी दोस्रो कार्यकालका लागि देवचुली नगरपालिकाको उप–मेयरमा निर्वाचित हुनुभएको छ ।

यो सहित देवचुली नगरपालिकाका अधिकांस वडाहरुमा भारी बहुमत ल्याएर नेकपा एमालेले जित हासिल गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले देवचुली नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको थियो । अहिलेको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरको बागडोर नेकपा एमालेले सम्हाल्ने भएको छ । स्थानीय तह निर्वाचनमा देवचुली नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र (गठबन्धन) मिलेर अगाडि बढेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर