नेपाली कांग्रेस वडा नम्बर २का वडा सभापति बस्ताकोटीद्धारा राजिनामा

शिक्षा


बिबेक भण्डारी ।
कांग्रेसले पराजय भोग्नु परेको भन्दै देवचुली नगरपालिका वडा नम्बर २ का पार्टि सभापति कृष्णचन्द्र बस्ताकोटीले पार्टिको सभापतिबाट राजिनामा दिएका छन ।

उनले एक पत्र जारी गर्दे वडा र नगरमा उठेका उम्मेदवारहरुलाई विजय गराउन पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट तन,मन र धनका साथ प्रयास बाबजुत पनि पार्टीभित्रको गुटवन्दी,व्यक्तिगत स्वार्थ र पार्टीभन्दा आफु ठुलो ठान्ने प्रबृत्तिका कारण पार्टी भित्रैबाट असहयोग भएको र पार्टीले पराजय भोग्नु परेको भन्दै यो असहज वातावरणमा सभापती पदमा रहिरहन नैतिक रुपले नसुहाउँने हुदाँ पराजयको नैतिक जिम्मेवारी स्वीकार्दै नैतिकताको आधारमा देवचुली वडा नम्बर २ को पार्टि सभापतिको पदमा नरहने र पार्टिको क्रियासिल सदस्यमा मात्र रहने कुरा पत्रमा उल्लेख गरेका छन ।

यस अघि देवचुली नगरपालिका नेपाली कंग्रेसका नगर सभापति डिल्लीराम कडरियाले पनि राजिनामा दिएका हुन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर