देवचुली नगरपालिका जनप्रतिनिधिको तिन निर्णय, जमिन उपलब्ध देखि घरघर स्वास्थ्य स्वास्थ्यकर्मी पुर्याई स्वास्थ्य जाचँ सम्म

शिक्षा

बिबेक भण्डारी ।
देवचुली नगरपालिकाका नवनिर्वाचिन नगर प्रमुखले नगरवासिको हितका लागि तिन विषयमा निणर्य गरेका छन । शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गरे लगत्तै नगर प्रमुख हरि न्यौपानेले सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने पहिलो निर्णय गरेका छन ।

नगर प्रमुख न्यौपानेले आफु चुनावमा उम्मेदवारी दिए संगै सुकुम्बासीहरुको प्रमुख समस्या नै जमिन आफ्नो नाममा नहुनु रहेको र आफ्नो एजेण्डा नै सुकुम्बासी समस्या रहेको कारण पहिलो नगरवासि हित निणर्यमा सुकुम्बासी समस्या समाधनको विषयलाई प्राथमिकता दिएको बताए । यस्तै विपन्न, जेष्ठ नागरिकका लागि स्वास्थ्य सुविधा अन्तरर्गत वर्षमा २ पटक घरघरमै गएर स्वास्थ्य परिक्षण र परामर्श कार्यक्रम आयोजना गर्ने रहेको जनाइएको छ ।

गर्भवती तथा विपन्नताका कारण सल्यक्रियाका समयमा रगतको व्यवस्थापनको कार्यमा रक्त परिक्षणको शुल्क बापतको रकम अन्यत्र निकायबाट अनुदान नभएको अवस्थामा अन्तरप्रदेशमा समेत खर्च हुन आएको रक्त परिक्षण शुल्कबापतको रकम कार्यविधि तयार बनाइ नगरबाट समेत अनुदान उपलब्ध गराइने गरि तिन वटा निर्णयहरु गरिएको जानाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर