नेकपा एकीकृत समाजवादी (एस)को काठमाडौं महानगरको वडामा पहिलो जित

शिक्षा

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी (एस)ले काठमाडौं महानगरको वडामा पहिलो जित निकालेको छ ।

महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित हुनुभएको हो ।

डंगोल एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुनुहुन्छ ।

निर्वाचित डंगोलले ३ हजार ४७६ मत पाउँदा उहाँका निकटत्म प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याउनुभयो ।

एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत प्राप्त गर्नुभयो । ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साहले दुई हजार १०६ मत पाउँदा एमालेका केशव स्थापितले एक हजार ५६८ मत र कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ ल्याउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर