https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

बालेनको जित : नवलपुरका शिक्षकद्धारा विपन्न विद्यार्थिको अभिभावकत्व ग्रहण

शिक्षा

देवचुली,

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) को जितको खुशीमा देवचुलीका एक शिक्षकले दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । देवचुली नगरपालिका १६ रजहरमा रहेको देवचुली माध्यमिक विद्यालय नि.मा.वि तहका संयोजक एवम् खेलकुद शिक्षक दिवस थापाले विद्यालयमा अध्ययनरत दुई बालिकाको अभिभावकत्व ग्रहण गरेका हुन् ।

थापाले देवचुली मा.विमा कक्षा १ मा अध्ययनरत रेसु तामाङ र २ मा अध्ययनरत सृष्टि वि.कको अभिभावकत्व ग्रहण गरेका छन् । उनले बालेन शाहले काठमाडौँको मेयरमा जिते दुई विपन्न परिवारका बालबालिकालाई दुई बर्षसम्म आफ्नै खर्चमा पढाउने बाचा गरेका थिए ।

बालेनले काठमाडौँ महानगपालिकाको मेयरमा जित हासिल गरेसँगै थापाले आँफूले गरेको बाचा कार्यान्वयन गरेका छन् । थापाले अहिलेको समयमा बालेन जस्ता नेतृत्वको आवश्यकता भएको भन्दै दुई बालिकालाई विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण खर्च बेहोर्ने बताएका छन् ।

भर्खर सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् ।

- Advertisement -spot_img

More articles

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर