नेपाल प्रेस युनियन ३१ औं स्थापना दिवस : नवलपुरका ५० बढि पत्रकारले गराए स्वास्थ्य परिक्षण

शिक्षा

कावासोती ।

नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा नवलपुर शाखाले शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल प्रेस युनियन नवलपुरको आयोजना र चितवनको पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविर कावासोती फलफुलचोक स्थित नवलपुर अस्पतालमा भएको हो । स्वास्थ्य शिविरमा नवलपुर जिल्लाभरका सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको आँखा ,दात ,मधुमेह र प्रेसर जाँच गरिएको छ । शिविरबाट करिव ५२ जनाको परिक्षण गरिएको छ ।

शिविरमा पुरानो मेडिकलका डाक्टर भावना सुबेदी, सुस्मिता अधिकारी, स्मृति रौनियार, अनुष्का प्रधान ,कृशाङगी प्रधान, ग्रेशा खरेल, सन्जु सुनार लगायतले परीक्षण गर्नुभएको थियो । चेकजाँच गर्दा जटिल समस्या नभएको र केहि त्यस्तो समस्या परे चितवनको पुरानो मेडिकल कलेजमा आउनका लागि अनुरोध गरिएको छ ।
सञ्चार क्षेत्रमा काम गदै गर्दा स्वास्थ्यको पनि ख्याल गर्नु जरुरी भएकाले दिवसको अवसरमा प्रेस युनियन नवलपुरले स्वास्थ्य शिविरको आयोजना गरिएको जिल्ला शाखा नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनुभयो ।

प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा आयोजित स्वास्थ्य शिविरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा , नेपाली कांग्रेस जिल्ला सचिव तथा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष होमराज रानाभाटले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटाले गर्नु भएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर