https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

पढाई सुरु भयो, किताब अझै छैन !

शिक्षा

मिना कंडेल
नवलपुरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभावभएको छ । नयाँ शैक्षिकसत्र सुरुभएकोे तीन साता बितिसक्दा पनि हालसम्म विद्यार्थीहरुले पर्याप्त पाठ्यपुस्त कपाएका छैनन् ।
पुस्तक पसलहरुमा किताब उपलब्ध नहुँदा भएका थोरै किताब लिनका लागि विद्यार्थीको भिड लाग्ने गरेको छ । सरकारले नि:शुल्कउपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको कावासोती नगरपालिका वडा नं ८ स्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो । सरकारी माध्यामबाट अध्यापनहुने कक्षा ४ देखि कक्षा १० सम्मकै पाठ्य पुस्तक अभाव भएको छ । विशेषत कक्षा ६ र कक्षा ८ को नेपाली र अंग्रेजी विषयको अभाव भएको छ भने विद्यालयहरुले पाठ्यपुस्तकको अभावकै बीच पठनपाठन थालेका छन् ।जेठ ४ गतेबाट पठनपाठन थालिएकोमा किताब अभाव भएकाले पाठ्यक्रम अनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रीत गरिएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । पाठ्य पुस्तक अभाव हुँदा विद्यार्थीलाई अध्यय नगर्न असहजभएको बताउनुभयो ।

विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउननसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।कावासोती वडा नं ८ माविगत २५ वर्षदेखि पुस्तकव्यवसायी गर्दै आउनु भएका प्रकृति पुस्तकपसलका प्रोप्राइटर गीता पराजुुलीले कक्षा ४ देखि १० सम्म कै पूरा पुस्तकन आएको बताउनु भयो ।
यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । नवलपुरका पुस्तकव्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक कावासोतीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । कावासोती नगरपालिकाले कक्षा १ देखि १० सम्मको पाठ्य पुस्तक निशुल्क उपलब्ध गराउँदै आएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर