खर्च विवरण सार्वजनिक गर्न देवचुली नगरपालिकालाई वडावासीको पत्र(पत्र सहित)

शिक्षा

बिबेक भण्डारी ।
गत पाचँ वर्षको अवधिमा नगरपालिकाले नगरको विकासका लागि गरेको खर्च विवरण प्रष्ट पार्न नगरवासिले आग्रह गरेका छन । मंगलवार देवचुली नगरपालिका वडा नम्बर चारका वडावासिहरुले देवचुली नगरपालिका वडा नम्बर चारमा नगरबाट वडा नम्बर चारमा भएको बजेट निकासा र विकासको बारेमा जानकारी दिन भन्दै निवेदन पेश गरेका छन । वडा नम्बर चारमा केहि महिना अघि गठन भएको सुकुम्बासी संघर्ष समितिले नगरपालिकाले वडामा विनियोजन गरेको बजेट र त्यो बजेट बराबरको विकासका बारेमा आफुहरुलाई जानकारी प्रदान गर्न आग्रह गरेका हुन ।

संघर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार देवचुली वडाका लागि ठुलो बजेट विनियोजन भएको भए पनि सो अनुरुपको विकास र कार्य भएको नदेखिएको हुदा आफुहरु प्रष्ट हुन खर्च विवरण र खर्च भएका शिर्षकहरु माग गरेको बताए । यस्तै सुकुम्बासी संघर्ष समितिले आफुहरुलाई पुर्जाको आवस्यक भएको भन्दै लामो समय देखि गरेको संघर्षलाई सार्थक बनाउन भुमिहिन सुकुम्बासीहरुलाई जग्गाको पुर्जा प्रदान गरि दिन देवचुली नगरपालिकाका नगर प्रमुख हरी न्यौपानेलाई ज्ञापन पत्र समेत बुझाएको जानकारी दिए ।

संघर्ष समितिले यस अघि पुर्जाको माग गर्दे वृहत आन्दालन तथा संघर्षका कार्यक्रमहरु समेत गरेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर